मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा उछाल, परिसूचक २७ सयको बिन्दुमा 

सेयर बजारमा उछाल, परिसूचक २७ सयको बिन्दुमा 

न्यूजस्टोरी

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को बिन्दुमा उक्लिएको छ ।

आइतबार ३३० कम्पनीका १ लाख ३० हजार ९१३ पटकको कारोबारमा २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ रहेको छ । २०२ कम्पनीको मूल्य बढ्दा ३७ वटाको घटेको छ भने ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज ७ कम्पनीका लगानीकर्ताले २० प्रतिशतका दरले कमाएका छन् ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ४१ करोड ९७ लाख २ हजार रुपैयाँ रहेको छ ।