मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखले संसद अघि बढाएपछि रास्वपाले गर्‍यो बहिष्कार

सभामुखले संसद अघि बढाएपछि रास्वपाले गर्‍यो बहिष्कार

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको हो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको थियो ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ’बोल्न पाऔं’ भनेर समय माग गरेका थिए । सांसद सोबिता गौतमले भनिन्, ’ हाम्रा केही विषय छन्, विनम्रतापूर्वक विषय राख्न चाहन्छौं । समय चाहियो ।’ रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग दोहोरो संवाद गर्न नचाहेको र समय उपलब्ध हुनुपर्ने माग गरेका थिए ।