मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त

मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त

न्यूजस्टोरी

काठमाडौं, १६ माघ । देशभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपीभी’ खोप अभियान सञ्चालन गर्दै छ ।

यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले खोप लगाउँदैछ ।

मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारी विभिन्न माध्यमबाट प्रचारप्रसार पनि गरिरहेको छ ।

नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अर्ब्जभेटरीको तथ्याङ्कमा छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।

नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको तथ्याङ्क छ ।