मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यव्यवस्था परामर्श समितिबाट संसदको पाक्षिक कार्यतालिका अनुमोदन

कार्यव्यवस्था परामर्श समितिबाट संसदको पाक्षिक कार्यतालिका अनुमोदन

न्यूजस्टोरी

काठमाडौं, १५ माघ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका सार्वजनिक भएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले १५ दिनको कार्यतालिकामा सहमति गर्दै सार्वजनिक गरिएको हो ।
सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । सो बैठकमा प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सोही दिन सरकारले ल्याएका अध्यादेशहरु पेश हुनेछन् । त्यसपछि माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।