मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

न्यूजस्टोरी

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ९एक्स० मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै उनले दुई देशबीचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने कामना गरेका छन् ।