मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

न्यूजस्टोरी

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजोदेखि काठमाडौंको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक आजसम्म जारी रहने भएको हो ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।