मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

न्यूजस्टोरी

बुटवल । सुप्रिम सहकारीको रकम ठगी आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि परिवार र वकिलको जिम्मा लगाइएका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।

सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ। आजदेखि थुनछेक बहस हुने बताइएको छ । यो मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस हुँदैछ । पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । वकालतनामा टिपाउने क्रम अझै जारी रहेकाले कति जनाले बहस गर्ने भन्ने यकिन भइसकेको छैन ।

लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ । सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।