मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध ठगी मुद्दा दर्ता

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध ठगी मुद्दा दर्ता

न्यूजस्टोरी

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग सरकारी वकिलको कार्यालयले लगाएको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको छ ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रतिवादीसँग बिहीबार बयान हुने जानकारी दिए । गत पुस २५ गने पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।