मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व गाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका

पूर्व गाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका

न्यूजस्टोरी

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्ती छेउमा एक युवकको शव अर्धनग्न अवस्थामा भेटिएको छ । शव स्थानीय पूर्व गाविस अध्यक्ष गोखुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटनास्थलमा ‘डग’ टोली समेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगेको हो । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिए जस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तथापी एसपी पोखरेलले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने बताए ।