मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजा युद्धविराम : हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम

गाजा युद्धविराम : हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम

न्यूजस्टोरी

काठमाडौं । इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।

टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकको नाम जारी गरेको हो । रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् ।

२४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् । २८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो । त्यस्तै, ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए । युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।