मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपाठीमाथि आक्रमणको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन

त्रिपाठीमाथि आक्रमणको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन

न्यूजस्टोरी

काठमाडौं । कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च बार एशोसिएसनको अगुवाइमा कानुन व्यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा विरोध प्रदर्शन गरेका हुन् ।

कानुन व्यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्। विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् ।

विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए । गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।