मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ ।

लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनले नेपालप्रेससँग भने,‘ अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतकाे फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । ’

उनका अनुसार आगो २ घण्टा अघि नै नियन्त्रणमा आइसकेको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।