मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको भुल्केमा चार सय ६८ घरमा ‘एक घर, एक धारा’

भोजपुरको भुल्केमा चार सय ६८ घरमा ‘एक घर, एक धारा’

न्यूजस्टोरी

भोजपुर, ५ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ ।

वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ ।

वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । यसले स्थानीयको वर्षौँदेखि पानीको समस्या समाधान भएको छ ।