काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारी स्वरूप आज (सोमबार) पहिलो अभ्यास खेलमा नेपालविरुद्ध वेष्ट इण्डिजले टस जितेर ब्याटिङ गर्दैछ । नेपालले फिल्डिङ पाएको छ । खेल मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको छ ।
नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ । विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।


प्रतिक्रिया