मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलिउड सहरमा डढेलो फैलिएपछि फिल्म प्रिमियर र अवार्ड समारोह रद्द

हलिउड सहरमा डढेलो फैलिएपछि फिल्म प्रिमियर र अवार्ड समारोह रद्द

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्र हिमपातको चपेटामा हुँदा पश्चिमी तटीय क्षेत्र चाहिं विनाशकारी डढेलोको चपेटामा छ ।क्यालिफोर्निया राज्यको लस एन्जलसमा फैलिएको डढेलो अनियन्त्रित हुँदा दशौं हजार प्रभावित बनेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् ।

लस एन्जल्सलाई हलिउडको घर समेत भनिन्छ । त्यहाँको प्यासिफिक प्यालिसेड्समा लागेको आगो र तीव्र हावाले डढेलो नियन्त्रण गर्न कठिन भएपछि हलिउडमा आयोजना गरिएका प्रिमियर र अवार्ड समारोह रद्द गरिएका छन् । अमेजन एमजीएम स्टुडियो र युनिभर्सल स्टुडियोले आयोजना गरेका ‘अनस्टपेबल’ र ‘वल्फ म्यान’को पूर्वनिर्धारित प्रिमियर समारोह स्थगित गरेको जनाएका छन् । प्यारामाउन्ट र म्याक्सले बुधबार गर्ने भनेका ‘बेटर म्यान’ र ‘द पिट’का प्रिमियर रद्द गरेका छन् ।

‘लस एन्जलसलाई असर गर्ने खतरनाक अवस्थाका कारण हामी भोलिको ‘बेटर म्यान’को प्रिमियर रद्द गर्दैछौं,’ प्यारामाउन्टका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा सद्भाव यतिबेला विनाशकारी आगोबाट प्रभावित भएकाहरूसँग छ । सबैलाई सुरक्षित रहन, स्थानीय अधिकारी र सरकारी निकायबाट निर्देशन र आदेश पालना गर्न हामी प्रोत्साहित गर्दछौं ।’