मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशतले बढ्यो

अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशतले बढ्यो

न्यूजस्टोरी

अमेरिकामा घरबार विहीनहरुको सङ्ख्या १८ प्रतिशत भन्दा धेरैले बढेको छ । सन् २०२३ को तुलनामा २०२४ मा घरबारविहीनको सङ्ख्या १८ दशमलव एक प्रतिशतले बढेर सात लाख ७१ हजार चार सय ८० जना पुगेको समाचारसंस्था एपीले जनाएको छ ।

अमेरिकी आवास तथा शहरी विभागले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार घरबारविहीनहरु हुनेहरुमध्ये ८० हजार भन्दा धेरै बालबालिका भएका परिवार छन् ।

अमेरिकाको सङ्घीय सरकारले २० वर्षदेखि घरबारविहीनहरुको तथ्याङ्क राख्न थालेको हो । यस पटक भएको वृद्धी त्यसयताकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ ।

घरबारविहीनहरुको सङ्ख्या बढ्नुमा आप्रवासीहरूको आगमन मुख्य कारण रहेको छ । सीमामा कमजोर सुरक्षाको कारण आपवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ ।

यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीनहरु बन्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

शरणको दाबीमाथि कडा कदम चालेपछि गएको जुनदेखि घरबारविहीनहरुको सङ्कट कम भएको प्रतिवेदनमा उल्लेख छ ।

घरबारविहीनहरु हुनुमा प्राकृतिक प्रकोप पनि एउटा कारण रहेको देखिएको प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था एपीले जनाएको छ ।