काठमाडौैं । जहाज अभावमा नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द भएको छ । निगमले आन्तरिक उडानमा प्रयोग गरिरहेको एउटा जहाजको तीन दिन अगाडि नै उडान आवर सकिएको छ भने अर्को एउटा जहाज वर्षोदेखि थन्किएर बसेको छ
निगमको मर्मतमा रहेको जहाज नबनेको र उडान भइरहेको जहाज पनि अब उडान नमिल्ने भएकोले उडान ठप्प हुन पुगेको पनि निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनका अनुसार ८/९ महिना अगाडि नै टेण्डर प्रक्रिायमा गएर एउटा इन्जिन ल्याउन कम्पनीले छनोट समेत भइसकेको छ । त्यो कम्पनीले इन्जिन दिने समय अगावै उडान आवर सकिएकोले आन्तरिक उडान ठप्प हुन पुगेको पनि पौडेलले बताए । उनका अनुसार छिट्टै इन्जिन आउने र नियमित उडान हुने विश्वास रहेको बताए ।
निगमसँग हाल आन्तरिक उडानका जम्मा दुईवटा ट्वीअटर मात्रै जहाज भएपनि लामो समयदेखि एउटा मर्मतमा रहेकोले एउटा मात्रै उडिरहेको थियो । एउटा ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।
दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता पौडेलले बताए।
सञ्चालनमा रहेका दुईवटा ट्वीनअटरमध्ये एउटै यसअघि नै ग्राउन्डेड अवस्थामा रहेको र अर्को जहाजको पनि इन्जिनको उडान आवर सकिएका कारण आन्तरिक उडान बन्द भएको उनले बताए ।
इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको उनकाे भनाइ छ।
‘निगमले इन्जिनको टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता थियो । तर, त्यसको म्याद सकिए पनि डेलिभरी दिएको छैन,’ उनले भने
प्रतिक्रिया