मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

न्यूजस्टोरी

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश दिएको छ । झन्डै पाँच सय जनाको उद्धार भएको छ ।

भक्टोरियाको आपतकालीन सेवा एजेन्सीका अनुसार मेलबर्नबाट लगभग दुई सय ४१ किलोमिटर पश्चिममा रहेको ग्राम्पियन्स नेशनल पार्क र वरपरको आगलागी नियन्त्रणबाहिर पुगेको हो । आगलागि भएको जङ्गलमा पर्याप्त कच्चा इन्धन रहेकाले निभाउन मुस्किल परिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो ३४ हजार हेक्टरमा फैलिएको छ ।

गएको मंगलवार चट्याङ परेपछि जङ्गलमा आगो शुरु भएको थियो । हिजो शनिवार एक सय वटाभन्दा धेरै ट्याङ्कर र २५ वटा विमानसहित सयौँ अग्नि नियन्त्रक खटिए पनि आगो निभाउन नसकिएको खबरमा उल्लेख छ । अष्ट्रेलियाका अधिकारीहरूले यो गर्मीमा धेरै जङ्गली डढेलको उच्च जोखिम रहेको चेतावनी दिएका छन् ।