मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

न्यूजस्टोरी

भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५र५लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिनुभएको छ ।

नौसेनाको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुङ्गामा ठोक्किएको खबरमा उल्लेख छ ।