मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा आणविक क्षेत्रका जनरलसहित दुई जनाको ज्यान गयो

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा आणविक क्षेत्रका जनरलसहित दुई जनाको ज्यान गयो

न्यूजस्टोरी

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा रुसी सेनाका जनरल तहका एक सैन्य अधिकारीसहित दुई जनाको ज्यान गएको छ ।

विस्फोटमा रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको उपकरण पड्किएको बताउनुभएको खबरमा उल्लेख छ ।

अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै जनरल किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।

यसैबीच युक्रेनले रुसी सेनाका जनरल इगोर किरिलोभाको हत्या गरेको दाबी गरेको छ । युक्रेनी सञ्चारमाध्यमले पनि लेफ्टिनेन्ट जनरल किरिलोभलाई युक्रेनी सुरक्षा सेवाले मारेको जानकारी दिएका खबरमा उल्लेख छ ।

रुसले किरिलोभको हत्यालाई ‘आतङ्कवादी कार्य’ भनेर टिप्पणी गरेको छ । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि पश्चिमा देशलाई दोष दिएका छन् ।