मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक

‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक

न्यूजस्टोरी

काठमाडौं, २ पुस। ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरेको छ । यसअघि ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा १ हजार रुपैयाँ मात्रै छुट पाउँदै आएको थियो ।

सेवाग्राहीले यो क्यासब्याक सुविधा ५ पुससम्म मात्र प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट पाउने सुविधा भने निरन्तर चलिरहने कम्पनीले जनाएको छ ।
यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आईएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् ।

प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१रए२, बी१ का लागि भुक्तानी गर्न सक्नेछन् ।