चितवन, २ पुष । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुने भएको छ । पुस ११ देखि १५ सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुने भएको हो । क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्वि बारे जानकारी गराएको हो । सौराहा सहित समग्र चितवनको पर्यटन विकासको लागि हरेक बर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।
विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुन्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि। र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।
दुई दशक लामो इतिहाँस बोकेको महोेत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल हुने आयोजकको विश्वास छ । महोत्सवकै कारण हरेक वर्ष ३० प्रतिशत सम्म पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको आयोजकको दावी छ ।


प्रतिक्रिया