काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजको प्लेअफ यात्रा समाप्त भएको छ।
सोमबार पहिलो खेलको पहिलो इनिङ्स सकिँदा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सका निम्ति सस्तो टार्गेट दिएको छ। १०२ को टार्गेट दिएको कर्णालीले अहिले बलिङ गरिरहेको छ।
यसअघि नै प्लेअफका लागि जनकपुर बोल्ट्स, सुदूरपश्चि रोयल्स र चितवन राइनोज सुरक्षित भइसकेका छन्। आजको दोस्रो इनिङ्सको खेल महत्वपूर्ण मात्र छैन, रोचक पनि बनिरहेको छ। काठमान्डु गुर्खाजको भाग्य सुदूरपश्चिम रोयल्सको ब्याटिङमा निर्भर थियो तर अब त्यो निर्भरता पनि समाप्त भएको छ।
झिनो टार्गेट भएका कारण सम्भावना काठमान्डुको पनि थियो। तर सुदूरपश्चिम रोयल्सले कम्तिमा १२.२ ओभरमा लक्ष्य हासिल गरे कर्णालीको दुर्भाग्य र काठमान्डुको सौभाग्य हुने थियो। सुदूरपश्चिमले उक्त ओभरमा जम्मा ७४ रन मात्र बनायो। यसअघि तीन विकेट गुमाएको थियो।
प्रतिक्रिया