मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्जियाको राष्ट्रपतिमा ईयूप्रति वफादार व्यक्ति नियुक्त

जर्जियाको राष्ट्रपतिमा ईयूप्रति वफादार व्यक्ति नियुक्त

न्यूजस्टोरी

जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ ।

विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेको समाचारसंस्था एएफपीले जनाएको छ । जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गएको अक्टोबरमा सम्पन्न संसदीय चुनावमा जीत हासिल गरे पनि जर्जियामा पछिल्लो समय राजनीतिक सङ्कट देखिएको छ ।

गएको महिना युरोपियन युनियन (ईयू) को सदस्यता वार्ता स्थगित गर्ने निर्णयपछि ईयूको पक्षमा धेरै प्रदर्शनहरू भएका छन् ।

विपक्षीले हिजोको चुनावलाई ‘नाजायज’ भन्दै वर्तमान राष्ट्रपति सालोम जुराविश्भिली देशको एक मात्र वैध नेता रहेको बताएका छन् । जुराविश्भिलीले पद छोड्न अस्वीकार गर्नुभएको छ र नयाँ संसदीय चुनावको माग गर्नुभएको छ ।