उत्तरी गाजामा अन्तिम बाँकी रहेका विश्वास गरिएका अर्थोपेडिक सर्जन अर्थात् हाडजोर्नी र नसासम्बन्धीका डाक्टर इजरायली आक्रमणमा मारिएका प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
डाक्टर सइद जौदेहको काममा जाँदै गर्दा इजरायली आक्रमण परी बाटोमै ज्यान गएको बीबीसीले जनाएको छ । उहाँ उत्तरी गाजाको कमल अडवान र अल–अव्दा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
बिरामीको अवस्था हेर्न अस्पताल जाँदै गर्दा जौदेहलाई इजरायली ट्याङ्कको गोली लागेको कमल अडवान अस्पतालका निर्देशक डा। हुसम अबु सफियाले बताउनुभयो । तर केही प्रत्यक्षदर्शीहरूले डा। जौदेहमाथि ड्रोन प्रहार भएको बताएका छन् । इजरायली सेनाले घटनाको बारेमा थाहा नभएको तर अनुसन्धान भइरहेको बताएको खबरमा उल्लेख छ ।
दुई महिनाभन्दा बढी समयदेखि उत्तरी गाजाको धेरैजसो क्षेत्र इजरायली घेराबन्दी र बमबारीमा परेको छ । इजरायलले त्यहाँ पुनः सङ्गठित भइरहेका हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरिरहेको बताएको छ ।
गएको वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको थियो जसमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । जवाफमा इजरायलले हमासलाई ध्वस्त पार्ने उद्देश्यका साथ गाजा पट्टीभित्र ठूलो कारबाही शुरू गरेको थियो ।
इजरायली आक्रमणका कारण अहिलेसम्म ४४ हजार आठ सय जनाभन्दा धेरैको ज्यान गएको र १० हजार जनाभन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालिच स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो सर्वसाधारण छन् ।


प्रतिक्रिया