मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुलही बेपत्ता भएपछि जन्ती लिएर पुगेका बेहुलाको बेहाल, प्रहरीमा उजुरी दर्ता

दुलही बेपत्ता भएपछि जन्ती लिएर पुगेका बेहुलाको बेहाल, प्रहरीमा उजुरी दर्ता

न्यूजस्टोरी

काठमाडौँ । आज भोलि सामाजिक सञ्जालमार्फत प्रेम र त्यसपछि विवाह हुनु सामान्य कुरा भएको छ । भारतमा यस्ता धेरै घटना देखिएका छन् ।

जब, सामाजिक सञ्जालमा प्रेम पर्छन्, विदेशबाट आएका युवा युवती भारतमा आएर विवाह गर्छन् । तर यस पटक सबै अचम्ममा परेका छन् । दुबईमा काम गर्ने २४ वर्षीय दिपकलाई इन्स्टाग्राममा भेटेकी युवतीले गरेको बाचापछि विवाहमा जन्ती निकाल्न महँगो परेको छ । जब दिपक विवाहको जन्ती लिएर पञ्जाबको मोङ्गा पुगे । सत्य थाहा पाएपछि उनी छक्क परे । वास्तवमा, उनले लिन आएको दुलही हराइरहेकी थिइन् । अहिले पीडित परिवारले युवतीसहित उनको परिवारविरुद्ध उजुरी दिएका छन् ।

६ वर्षदेखि दुबईमा काम गर्दै आएका दिपक र युवती मित्रता भएको थियो । यसै क्रममा उनीहरूबीच कुराकानी हुँदै एकअर्काको प्रेममा परे । त्यसपछि उनीहरूले बिहे गर्ने निर्णय गरे । शुक्रबार बिहे गर्ने तय भएको थियो । युवक एक महिनाअघि मात्र दुबईबाट फर्किए । केटाको परिवार जन्ती लिएर निर्धारित मितिमा जालनन्धरबाट मोगा पुग्यो । जब जन्ती लिएर गएका युवकले दुलहीले बताएको ठाउँ भेटिएन । युवतीलाई फोन गर्दा उनको फोन स्वीच अफ थियो । यसपछि दिपक र उनको परिवारले आफू ठगिएको थाहा पाए । लगत्तै उनीहरूले प्रहरीमा उजुरी गरेका थिए ।

मोगा सिटी साउथ प्रहरी चौकीका अनुसन्धान अधिकारी एएसआई हरजिन्दर सिंहले उजुरी प्राप्त भएको बताए । उनले अनुसन्धान भइरहेकाे जानकारी दिए ।