काठमाडौं । शुक्रवार विहान भारतबाट काठमाडौँ ओर्लिएका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक अहिले स्वयम्भूनाथ अवलोकन गरिरहेका छन् ।
निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनी स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथ पुग्नेछन् । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शुक्रवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको सुरक्षा स्रोतले जनाएको छ ।
प्रतिक्रिया