मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गयो

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गयो

न्यूजस्टोरी

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गएको छ । एक सय जना भन्दा धेरै हराइरहेका छन् । दुई सय जना मानिसलाई बोकेर एउटा खाद्य बजारतर्फ गइरहेको डुङ्गा पल्टिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

हराउनेमा धेरैजसो महिला रहेका छन् । यो डुङ्गा कोगी राज्यबाट छिमेकी नाइजर राज्य जाँदै गरेको नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औडुले बताउनुभएको छ । उद्धारकर्ताहरूले हिजो रातिसम्म नदीबाट २७ जनाको शव निकालेका छन् । हराइरहेकाहरुको गोताखोरहरूले अझै अरूको खोजी गरिरहेका छन् ।

उद्धारकर्तालाई पल्टिएको डुङ्गाको ठाउँ पत्ता लगाउनै समस्या भएको थियो । अधिकारीहरूले डुङ्गा पल्टिनुको कारण के हो भन्ने पुष्टि गरेका छैनन्, तर स्थानीय मिडियाले क्षमता भन्दा निकै धेरै भार भएका कारण डुङ्गा पल्टिएको हुन सक्ने उल्लेख गरेका छन् ।

नाइजेरियाका दुर्गम भागहरूमा चल्ने डुङ्गाहरूमा अत्यधिक भीडभाड हुनु सामान्य छ । सडकको व्यवस्था नहुँदा मानसिहरु जोखिम मोलेर डुङ्गामा यात्रा गर्न बाध्य छन् ।