मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

न्यूजस्टोरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए ।

“लाइन नकाट्न भनेर आयोगले एक दिनअघि नै पत्र पठाएको छ । बोर्ड बैठकमा नकाट्ने निर्णय भयो,” उनले भने, “अब प्राधिकरणको व्यवस्थापनले के गर्छ ।” बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले असहमति राखेका थिए ।