काठमाडौं । यस साता नेप्से परिसूचक ६८.३४ अंकले घटेर २६८०.४४ विन्दुमा पुगेको छ । यस हप्ता सेयर चार दिन खुलेका थियो । गत साता २७४८ विन्दुमा बन्द भएको बजार यो साता ६८.३४ अंकले घटेर २६८०.४४ विन्दुमा बन्द भएको हो ।
आइतबार ४.९८ अंकले बढेको बजारमा मङ्गलवार ५१.११ को गिरावट आएको थियो । बुधवार ९.०९ अंकले बढ्यो र अन्तिम दिन बिहीबार ३१.३१ अंकले घट्यो । यस साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर किनबेच भएको छ ।
यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी ङादी ग्रुप पावर हो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास कम्पनी, सिंगटी हाइड्रो इनर्जी, पिपुल्स हाइड्रोपावर, बेस्ट फाइनान्स, पोखरा फाइनान्स र हिमालयन रिइन्स्योरेन्स रहेका थिए ।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले बढेर २७५३.७६ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेर २७०२।६५ को विन्दुमा कायम भएको थियो। यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको थियो
।
साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अंकले बढेर २७११.७५ को विन्दुमा कायम भएको थियो ।यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको थियो
।
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१।३१ अंकले घटेर २६८०.४४ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया