काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइममा रिलिज भएको छ । वन स्क्वाड फिल्म्सले हालै मात्र चलचित्र अमेजन प्राइममा रिलिज गरेको हो ।
सुरुवाती चरणमा यो चलचित्र अमेजन प्राइमको क्यानडा र अमेरिकाको सर्भरमा उपलब्ध छ । विस्तारै अन्य क्षेत्रमा उपलब्ध गराइने फिल्मका निर्देशक जेसन लोप्चनले जानकारी दिए ।
“अहिले यो क्यानडा र अमेरिकामा उपलब्ध छ,” टेकपानासँग कुरा गर्दै लोप्चनले भने, “हामी अन्य क्षेत्रमा पनि उपलब्ध गराउने प्रयास गरिरहेका छौं ।”
झन्डै डेढ वर्षअघि छाँयाङ्कन सुरु भएको यस फिल्मको प्रिमियर करिब दुई महिनाअघि गरिएको थियो । त्यस क्रममा यस फिल्मले राम्रै चर्चा पाएको थियो । फिल्म अमेजनमा सार्वजनिक भएसँगै निर्माता टोलीले ओएसआर डिजिटल मार्फत युट्युबमा ट्रेलर सार्वजनिक गरेको छ ।


प्रतिक्रिया