मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको ग्रामीण भेगका नाकामा व्यापक रुपमा तस्करी शुरु : बर्वा, अमरपटी, झौवा, प्रसौनी, धोरे, सिवैठवा, भिष्वामा तस्करीको जालो

पर्साको ग्रामीण भेगका नाकामा व्यापक रुपमा तस्करी शुरु : बर्वा, अमरपटी, झौवा, प्रसौनी, धोरे, सिवैठवा, भिष्वामा तस्करीको जालो

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, ५ मँसिर
पर्साको ग्रामीण भेगका नाकाहरुबाट ठूलो मात्रामा तस्करीको लाईन संचालनमा आएको छ ।
सशस्त्र प्रहरीकोे मिलोमतोमा पर्सा जिल्लाको ग्रामिण क्षेत्र बर्वा, अमरपटी, झौवा, प्रसौनी, भिष्वा लगायतका स्थानहरुबाट व्यापक रुपमा तस्करी शुरु भएको हो । पर्सा जिल्लाको ग्रामिण भेगमा रहेको सिमानाकाहरुबाट सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो मात्रामा तस्करी शुरु भएको छ ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र सशस्त्र प्रहरी १३ नम्वर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले वीरगन्ज लगायत आसपासका क्षेत्रहरूमा तस्करीमा कडाई गरेपछि तस्करहरु अहिले पर्साका ग्रामिण भेगबाट तस्करी शुरु गरेकाछन ।

भिस्वा नाकाबाट काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी सख्खर मिठा चाईनिज लसुन लगायतका खाद्यान्न तथा खेलकूदलगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ ।

त्यसैगरी, नेपालबाट सशस्त्र प्रहरीको बिओपी र सशस्त्र प्रहरीको गुल्महरुलाई मोटो रकम दिएर तस्करहरुले फेयर एण्ड लवली पेष्ट लेक्मी ब्रान्डका क्रिम मुगको दाल लगायत कष्मेटिकका सामानहरु पर्साको अमरपटी नाकाबाट भारत पुर्याउने गरेकाछन । यसैगरी पर्साको वर्वा नाकाबाट तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भैसी भित्रयाउने गरेकाछन ।

दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सार छलीगरी पर्साको सिमानाकामा रहेको सशस्त्र प्रहरी बल बिओपी बोर्डर आउट पोष्ट, सशस्त्र प्रहरी को गुल्मका मिलोमतोमा तस्करी व्यापक रूपमा सुरु भएको छ ।तस्करहरुले सशस्त्र प्रहरीको युनिटहरुलाई मोटो रकम दिएर रातीमा साईकल र मोटरसाइकलको माध्यमले दैनिक लाखौ मुल्य बराबरको अवैध तस्करीको सामान भित्रयाउदा ठूलो मात्रामा राजस्व छली हुने गरेको छ ।

त्यसैगरी पर्साको धोरेबाट चाईनिज लहसुन नेपालबाट अबैध रुपमा भारत तस्करहरुले लाने गरेकाछन भने लहसुन तस्करी गर्ने तस्करहरु संग सशस्त्र प्रहरीले प्रति मोटरसाइकल २ हजार र सख्खर ओसार पसार गर्ने तस्करहरु संग प्रत्येक मोटरसाइकल संग रकम बुझी सशस्त्र प्रहरी गुल्म र भिस्वा बिओपीले लाईन दिएको नाम नछाप्रने सर्तमा एक व्यापारी बताउँछन् ।

पर्सा जिल्लाको धोरे नाका हुदै रातीको समयमा ठुलो मात्रामा चाईनिज लहसुन ट्रेक्टरमा लोड गरेर दैनिक तस्करहरुले भारत तर्फ लाने गरेको स्थानीयहरुले बताएका छन ।तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा रातीराती लहसुन लगाएत चाईनिज कपडाहरुको तस्करी नेपालबाट भारत तर्फ लाने गर्ने गरेका छन भने भारतबाट नेपाल तर्फ दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा चिनी प्याज ल्याई नेपालमा भन्डारण गरेर जम्मा गरी देशको बिभिन्न स्थानहरुमा पठाउने गरेका छन् ।

पर्साको भिस्वा नाकाबाट रामु , मुन्ना र शशिकान्त भन्ने तस्करहरुले प्रहरी प्रशासन लाई लोभमा पारी नाका कब्जा गरेका तस्करीको लाईन संचालन गरेकाछन । भिस्वाबाट शशिकान्त भन्ने तस्करले प्रतिबन्धित भैसी रागाको हड्डीको धुलो र हुण्डी कारोबार र डिसको काम गर्दे आएका छन्, भने ईजाहर नाऊको तस्करले व्यापक रुपमा लत्ताकपडा लगाएतको तस्करी गर्दै आएपनी सशस्त्र प्रहरीको माथिल्लो तहको प्रमुखहरु कानमा तेल हालेर बसेकाछन ।

सशस्त्रका प्रस्तावित गुल्म बिओपी सबैठवाका सशस्त्र प्रहरी नायब उपरीक्षक द्रोर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल बिओपी भिस्वाका प्रमुख तस्कर संग ठुलो रकम बुझेर लाईन दिएको एक तस्करले बताएकाछन ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले तस्करी कडाई गर्ने निर्देशन दिएपनि निर्देशन विपरीत उनको मातहत रहेको गुल्म र बिओपीले आफ्नो हाकिमको नाऊमा तस्करहरु सँग मोटो रकम बुझि ठूलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ ।

शान्तिी सुरक्षा र सीमा सुरक्षा एवम सिमा नाकाबाट हुने चोरी तस्करी तथा आपराधीक गतिविधी रोक्न शान्ति निम्ति खटाएको सशस्त्र प्रहरी नै तस्करहरुबाट आर्थिक लाभ लिएर तस्करी गराउन छुट दिएका छन ।
यस बिषयमा बुझनको लागि सशस्त्र प्रहरी बल प्रस्तावित सुमा सुरक्षा गुल्मका प्रमुखको ९८५१२७२१११ फोन नम्बरमा कल गरि बुझ्न खोज्दा उनको फोन उठेन । यस्ता, गतिविधी तर्फ सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुखको ध्यान जान अती आवशयक देखिएको छ ।