मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण

पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण

न्यूजस्टोरी

लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धूवाँ फैलिँदा २४ घण्टामा १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण भएको छ । लाहोरका अस्पताल सुक्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्युजले उल्लेख गरेको छ ।

प्रदूषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामी उपचारका लागि पुगेका छन् । प्रदूषण र धूवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि भएको खबरमा उल्लेख छ ।

पाकिस्तानका विभिन्न भागहरूमा धट्ठलो तथा धूवाँको प्रदूषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी गाडीहरूलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द छन् ।

पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धूवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार नौ सयभन्दा माथि पुगेको थियो ।