मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाइन काटिएका सबै उद्योगको जोडियो विजुली, पत्रकार सम्मेलन गर्दै कुलमान

लाइन काटिएका सबै उद्योगको जोडियो विजुली, पत्रकार सम्मेलन गर्दै कुलमान

न्यूजस्टोरी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषदको २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर प्राधिरणले लाइन जोडेको हो । मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

प्राधिकरणले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ । प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । हिजो (मंगलबार) मात्र प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता दिन बाँकी उद्योगसँग रकम बिस्तारै उठाउँदै गर्ने र लाइन भने तत्काल जोड्ने निर्णय गरेको थियो ।

जसप्रति विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले असहमति जनाउँदै आएका थिए । तर ती उद्योगमा लाइन जोडिएकै दिन बुधबार प्राधिरकरणका कार्यकारी निर्देशक घिसिङले भने पत्रकार सम्मेलन गर्ने भएका छन् । प्राधिकरणले कात्तिक ८ गते बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्ने भनेको थियो । तर तीमध्ये ७ उद्योग किस्ताबन्दीमा बक्यौता तिर्न तयार हुँदै कात्तिक ८ अघिबाटै रकम तिर्न थालेपछि लाइन काटिएको थिएन ।