मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले गरे मस्क र रामस्वामीलाई ‘विशेष पद’मा नियुक्त

ट्रम्पले गरे मस्क र रामस्वामीलाई ‘विशेष पद’मा नियुक्त

न्यूजस्टोरी

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामस्वामीलाई विशेष पदमा नियुक्त गरेका छन् । ट्रम्पले उनीहरूलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’को नेतृत्वका लागि नियुक्ति दिएका हुन् ।

मस्कलाई ‘द ग्रेट’ र रामस्वामीलाई ‘देशभक्त अमेरिकी’को संज्ञा दिँदै ट्रम्पले फजुल खर्च कम गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्नका लागि उनीहरूले आफूलाई मार्गदर्शन गर्ने विश्वास लिएको बताएका छन् ।

डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी औपचारिक क्याबिनेट पद नभएकाले बाहिर बसेर भएपनि उनीहरूले ट्रम्पलाई सघाउने र सल्लाह दिने बताइएको छ । ASE‘यी दुई असाधारण अमेरिकनहरूले फिजुल खर्च कम गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्नका लागि मार्गदर्शन गर्नेछन्,’ उनले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

यसअघि, ट्रम्पले सेप्टेम्बरमा आफ्ना नयाँ आर्थिक योजनाहरूको भागको रुपमा गभर्नमेन्ट इफिसिएन्सी कम्मिसनको स्थापना प्रस्ताव गरेका थिए । त्यसमा मस्कले ट्रम्प पुनः राष्ट्रपति भएमा सघाउन तयार रहेको बताएका थिए ।

धनाढ्य मस्कले राष्ट्रपति चुनावमा ट्रम्पको समर्थन गरेका थिए । भारतीय मूलका रामस्वामीले सुरुमा ट्रम्पसँग केही विषयमा असहमति जनाए पनि पछि साथ दिएका थिए ।