मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवेतविरुद्ध कप्तान पूजा महतोको शानदार शतक, विशाल लक्ष्यतर्फ लम्कियो नेपाल

कुवेतविरुद्ध कप्तान पूजा महतोको शानदार शतक, विशाल लक्ष्यतर्फ लम्कियो नेपाल

न्यूजस्टोरी

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाली टिमकी कप्तान पूजा महतोले शानदार शतक प्रहार गरेकी छन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान महतोले केवल ५७ बलको सामना गर्दै १०० रनको आँकडा पार गरेकी हुन् । शतक हिर्काउन उनले १२ चौका प्रहार गरिन् । शतक प्रहार गर्ने पूजा नेपाली टिमकी दोस्रो खेलाडी हुन् । यसअघि रुविना बेल्वासे क्षेत्रीले पनि शतक हिर्काएकी थिईन् ।

ताजा अवस्थामा नेपाली टिमले १७ ओभरमा २ विकेट गुमाएर १८२ रन जोडेको छ । नेपालका लागि कप्तान महतालेले ११६ तथा सोनि पाख्रिनले २८ रन बनाएर खेलिरहेका छन् ।