मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको बार्वा र अमरपर्टी नाकाबाट ठुलो परिमाणमा पेस्ट र कुखुराको चल्ला तस्करी

पर्साको बार्वा र अमरपर्टी नाकाबाट ठुलो परिमाणमा पेस्ट र कुखुराको चल्ला तस्करी

न्यूजस्टोरी

वीरगंज, २० कार्तिक । चाडपर्वको बेला पर्साको ग्रामिण भेगका नाका बार्वा र अमरपटी नाकाबाट अहिले व्यापक तस्करी बढेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी मिलोमतोमा लत्ताकपडा , हाडयेवर, कबाड, कुखुराको चल्ला , डाबरको पेस्ट , राजनिगन्धा , काजु लगाएतको तस्करी सुचारु भएको छ। वार्वा नाकाबाट तारकेशवरले राजनिवास र रजनीगन्धा तस्करी गर्न लाइन पाएका छन् भने जलाउदिनले कबाड र हार्डवेयरको तस्करी गर्न छुट पाएका छन् । यस्तै, पर्साका तस्कर सरुपले कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेका छन् । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेका छन् । उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करी कै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको छ । तिवारीले डाबरको पेस्ट, कास्मिटीक लेक्मी क्रिम लगाएतको तस्करी सुरु गरेको खुलेको छ । त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ । सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपटी र प्रसौनी सिमानाकाबाट तस्करी भइरहेको छ ।
सशस्त्र प्रहरी बल गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक शुशिल बस्नेतले देखावटीको लागि गुल्म अगाडी रहेका नाका अलौ , कोन्हियामा कडाई गरि अमरपर्टी बिओपी मार्फत तस्करहरु संग नजराना बुझि वार्वा , अमरपर्टी , झौवा , मधवल लगाएतको नाकाहरुबाट ठुलो मात्रामा तस्करीको लाईन दिएको नाम नछाप्ने सर्तमा एक स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक राधेश्याम धिमालले आफ्नो सिमानाकामा रहेको युनिटहरुलाई पुर्णरुपले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि उहाँहरुको निर्देशन विपरीत स्थानीय चौकी,गुल्म र बिओपीहरुले तस्करी गराए बापत रकम असुली गरि तस्करीको लाईन दिदै आएका छन।
सशस्त्र प्रहरी बल अलौ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक शुशिल बस्नेतको तस्करहरु सँग मिलोमतो छैन भने अलौ गुल्मको मातहतमा रहेको अमरपटी झौवाबाट ठुलो मात्रामा तस्करी भैरहदा पनी उनको मातहतमा रहेका टोलीहरु माथी कारवाही नगर्नुले सशस्त्र प्रहरी अलौ गुल्मका प्रमुख समेत रहेका र आफु ईमान्दार रहेको ढोल पिटदै हिडने सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेत माथी पनी अनुसन्धान हुन जरुरी देखिएको छ । सशस्त्र प्रहरी बल अलौ गुल्मका डिएसपी बस्नेत आफु ईमान्दार रहेको तस्करीको एक रुपैयाँ पनि नखाने भन्दै हिडने र उनकै मातहतमा रहेको सशस्त्र प्रहरीहरुको बोर्डर आउट पोष्ट (वीओपी) बाट रातभरी चल्ला कस्मेटिक सामान काजु रजनी गनधा कवाड हार्डवेयर चिनी लगायतका सामानहरु तस्करी हुनुले डिएसपी बस्नेत उनी कतिको ईमान्दार छन त्यो कुरा सबैले सजिलै अनुमान गर्न सकिन्छ।
यस्ता गतिविधि तर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढुंगेल र सशस्त्र प्रहरीका एसपी धिमालको ध्यान जान यति आवशयक देखिएको छ।