काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ ।
विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ ।
जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली द्वन्द्व सुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।


प्रतिक्रिया