मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारलाई निम्तो : झिलीमिली पार्न कुम्हलाई पाला बनाउने चटारो (तस्बिरहरू)

तिहारलाई निम्तो : झिलीमिली पार्न कुम्हलाई पाला बनाउने चटारो (तस्बिरहरू)

न्यूजस्टोरी

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै कतै फूलको माला बनाउन त कतै झिलिमिली पार्न दीयो बनाउन सुरू गरिएको छ । यही मेसोमा अरुबेला फुर्सदिला भक्तपुरका नेवा समुदायका प्रजापति (कुम्ह) हरूलाई माटोको पाला बनाउन व्यस्त भएका छन्।   तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसहरुको व्यापार पनि चुलीमा पुगेको छ। 

तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको उनीहरु बताउँछन् । तिहारसँगै संस्कृतिका धेरै पक्षहरूसँग पालाको महत्व जोडिन्छ । तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्वको रूपमा लिइन्छ । दीपावलीका दिन दीप प्रज्ज्वलन गरेर घर तथा आँगन उज्यालो पारिन्छ ।

अहिले विद्युतीय दीप पनि आएका छन् । यद्यपि, काठमडौंका थुप्रै बस्तीमा भने दीप प्रज्ज्वन गर्न माटोको पाला अहिले पनि प्रचलनमा छ ।

हेरौं केही तस्बिरहरू

undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined
undefined