मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई भेट्दै

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई भेट्दै

न्यूजस्टोरी

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को प्रतिनिधि मण्डलले आइतबार प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्दैछ।

सिपिसीका केन्द्रीय सदस्य चेन जाङ सहितका नेताहरू नेपाल भ्रमणमा छन्। उनीहरूसँग बिहान ९ बजे बालुवाटारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

‘दुई पार्टी र दुई देशबीचको पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ,’ नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। भेटमा एमालेका तर्फबाट पार्टी विदेश विभाग प्रमुख रघुवीर महासेठ, पार्टी उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत नेताहरू सहभागी हुनेछन्।