काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामल परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता गरिएको जनाएको छ ।
दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो । न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागले जनाएको छ ।


प्रतिक्रिया