मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति अमेरिकाको चासो

गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति अमेरिकाको चासो

न्यूजस्टोरी

अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो आक्रमणमा परेर उत्तरी गाजामा धेरे मानिस हताहत भएका घटनापछि मानवीय सहायता नबढाए अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनीसहित अमेरिकाले पत्र पठाएको हो ।

अमेरिकाले गाजामा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा गहिरो चासो व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायलले गएको महिना उत्तर र दक्षिणी गाजामा आएका झण्डै ९० प्रतिशत मानवीय सहायतालाई अस्वीकार गरि बाधा पुर्‍याएको छ ।

इजरायलले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले उत्तरी क्षेत्रमा हमासका कार्यकर्ताहरूलाई लक्षित आक्रमण गरिरहेको छ तर मानवीय सहायताको प्रवेशलाई नरोकेको बताउँदै आएको छ ।