मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

न्यूजस्टोरी

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते भएका उहाँलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुनुहुथ्यो ।

यसै वर्ष गएको फेब्रुअरीमा उहाँ कांग्रेस छोडेर एनसीपी ९अजित पवार गुट० मा सामेल हुनुभएको थियो । सिद्दिकी बिगत ४८ वर्षदेखि कांग्रेसमा हुनुहुन्थ्यो । गोली चलाएको आरोपमा पक्राउ परेकामध्ये एक जना हरियाणा र अर्का एक जना उत्तर प्रदेशका रहेका छन् । पक्राउ परेकासँग सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।