मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेबनानमा शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

लेबनानमा शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायलसँग आग्रह गर्नुभएको छ । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गर्नुभएको हो ।

पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् । इजरायली सेना (आईडीएफ) ले घटनाको लागि आफ्ना सैनिकहरू जिम्मेवार रहेको बताएको छ ।

इजरायली सेनाका अनुसार नाकुरामा युनिफिलको आधार नजिकै काम गर्ने इजरायली सैनिकले खतराको डरले गोली चलाएका थिए । फ्रान्स, इटाली र स्पेन लगायतका देशले यस घटनाको लागि इजरायलको कडा निन्दा गरेका छन् । तीन देशले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको कार्य पूर्ण रूपमा गलत भएको बताएका छन् । श्रीलङ्काको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कारबाहीको कडा निन्दा गरेको छ ।