मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

न्यूजस्टोरी

काठमाडौँ । विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा जर्मनीमा एक जना चिनियाँ महिला पक्राउ परेकी छिन् । जर्मन प्रहरीले लाइपजिग शहरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाको नाम याची एक्स रहेको जर्मन प्रहरीले जनाएको छ । समाचार संस्था एपीका अनुसार उनलाई जर्मनीको गोपनियता कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । उनले चीनको जासुसी निकायका लागि काम गरिरहेको आशंका गरिएको छ ।

उनी लाइपजिगस्थित हले विमानस्थलमा लजिस्टिक सेवा उपलब्ध गराउने कम्पनीमा कार्यरत थिइन् । उक्त विमानस्थलले हवाइ यात्रु र कार्गो सेवा दिँदै आएको छ । यद्यपि उक्त विमानस्थल खासगरी कार्गो सेवाका लागि परिचित रहेको एपीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार सन् २०२३ को अगस्टदेखि यस वर्षको फेब्रुअरीसम्म उनले जियान गुओ नाम गरेका व्यक्तिलाई विमानस्थलको जानकारी बारम्बार चुहाउँदै आएकी थिइन् ।