मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कङ्गोबाट यसवर्ष झण्डै दश लाख मानिस विस्थापित

कङ्गोबाट यसवर्ष झण्डै दश लाख मानिस विस्थापित

न्यूजस्टोरी

लोकतान्त्रिक गणतन्त्र कङ्गोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । गएको अप्रिलमा कङ्गोको भ्रमण गर्नुभएको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष मात्रै कङ्गोमा दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएका बताउनुभएको हो ।

उहाँले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देशमा बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार, द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको प्रमुख टर्कको भनाइ छ ।

राष्ट्रसङ्घले कङ्गोमा बढ्दो अपहरण , बन्दी बनाउने, यौन दासत्व र बलात्कारपछि हत्या जस्ता घटनाका कारण मानिसहरु विस्तापित हुन बाध्य भएको जनाएको छ ।