मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्साशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

चिकित्साशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

न्यूजस्टोरी

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ । जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै ुजिन रेगुलेशनु विधिका कारण सम्भव भएको ठानिन्छ । अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् ।

विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।