मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाइटीमा गोली हानाहान हुँदा ७० जनाको ज्यान गयो

हाइटीमा गोली हानाहान हुँदा ७० जनाको ज्यान गयो

न्यूजस्टोरी

समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स नियन्त्रणमा लिएपछि सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको बताएको छ ।

राष्ट्रसङ्घले निकालेको विज्ञप्तिमा यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्न, जिम्मेवारहरूलाई जवाफदेही बनाउन र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको उल्लेख छ ।

गएको हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६ सयभन्दा धेरै मानिसको ज्यान गएको जनाएको थियो ।