मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा

आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा

न्यूजस्टोरी

काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले यसअघि गोली प्रहार भएकै ठाउँमा पुनः आमसभा गर्नुभएको छ । गएको जुलाई १३ तारिखमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभाका क्रममा ट्रम्पमाथी गोली प्रहार भएको थियो ।

कानमा गोली लागेर सामान्य घाइते भएका रिपव्लिकन ट्रम्पले फेरी त्यहीँ ठाउँमा चुनावी सभा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले आउँदो नोभेम्बर ५ तारिखमा हुने चुनावमा आफूले जीत हासिल गर्ने दाबी गर्नुभयो ।

ट्रम्पको चुनावी सभामा अमेरिकी अर्बपती एलन मस्क पनि उपस्थित हुनुुहुन्थ्यो । यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई मस्कले पनि साथ दिइरहनुभएको छ ।