मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड

ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड

न्यूजस्टोरी

ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड
ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनले रेकर्ड बनाएको छ । ब्रासिलियामा पछिल्लो १ सय ६४ दिन एक थोपा पनि वर्षा नभएपछि सबैभन्दा लामो सुक्खा मौसमको नयाँ रेकर्ड बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिले १ सय ६४ दिनसम्म पानी नपरेको र अझै केही दिन पानी पर्ने सम्भावना नरहेको खबरमा उल्लेख छ । लामो समयसम्म चलेको खडेरीले देशका विभिन्न क्षेत्रका जङ्गलमा ठूलो आगो लागिरहेको छ । हजारौं हेक्टर घाँसेमैदान जल्दा जीवतन्तु समस्यामा परेका छन् ।

ब्राजिलियाको स्थापनाको तीन वर्षपछि सन् १९६३ मा लगातार १ सय ६३ दिन वर्षा नभएको रेकर्ड बनेको थियो । ब्राजिलको मध्य क्षेत्रमा रहेको ब्रासिलिया शहर अहिले अत्यधिक गर्मी र कम आर्द्रताको दोहोरो खतरासँग जुधिरहेको छ । १५ प्रतिशतको अति कम आर्द्रता र ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका कारण विभिन्न चेतावनी जारी भएको छ ।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान संस्थान (आईएनपीई) को एक रिपोर्टले अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्राजिलियामा जङ्गलमा लागेको आगोमा २ सय ६९ प्रतिशतले वृद्धि भएको देखाएको छ ।